मेडिकल कीट गुणस्तर नभएपछि नेपाल ल्याउदै गरेको सामान चीन आफैले रोक्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १५, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र १५, काठमाडौं । चीनले स्थलमार्गबाट नेपाल पठाउने भनेको २ हजार थान मेडिकल कीट गुणस्तरहिन देखिए पछि बाटोमै रोकेको छ । नेपाल पठाउने सामानको गुणस्तर नपुगेको भन्दै चीनले ती मेडिकल कीट नपठाउने जानकारी नेपाली अधिकारीहरुलाई गराएको छ ।

चिनियाँ पक्षले ल्हासास्थित नेपाली महावाणिज्य दूतावास मार्फत सामान नपठाउने जानकारी गराएको हो । चीनले शनिबार तातोपानी भन्सार आइपुग्ने गरी ती सामान पठाउने जानकारी गराएपछि सरकारले बन्द रहेका तातोपानी र रसुवागढी भन्सार कार्यालय खोल्ने निर्णय गरेको थियो ।

चीनले मेडिकल कीट पठाउने भन्दै तातोपानी भन्सारलाई स्ट्यान्डबाइ राख्ने निर्णय गरेसँगै भन्सारसँगै स्वास्थ्य र कृषिका कर्मचारी तातोपानी गइसकेका थिए ।

’गुणस्तर नपुगेको भन्दै चीनले सामान पठाउन अस्वीकार गरेको खबर हामीलाई आएको छ,’ भन्सार विभाग स्रोतले भन्यो ।

कोरोना परिक्षण गर्ने चिनियाँ कीटको गुणस्तरमाथी संसारका अन्य देशहरु स्पेन, चेक गणतन्त्र लगायतमा गम्भिर प्रश्न उठेपछि सम्भवत चीनले यो कदम उठाएको हुन सक्ने स्वास्थ्य क्षेत्रका एक जानकार बताउँछन।

ताजा अपडेट

खोजी गर्नुहोस