नयाँ गभर्नर नियुक्ती कहिले हुन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण तथा न्यूनीकरणका लागि सरकार व्यस्त भइरहेका बेला नयाँ गभर्नरको नियुक्ति अन्यौल बनेको छ । संचारकर्मीहरुले सोधेको प्रश्नमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले ‘अब यो लकडाउनको अवधि सकियोस, त्यसपछि हामी निर्णय गर्छौं’ भनेका छन् ।

देशको मौद्रिक र वित्तीय नीतिको प्रमुख जिम्मेवार नेपाल राष्ट्र बैंक नयाँ गभर्नर नभएकै कारण प्रमुखविहीन भएको हो । निवर्तमान गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल समाप्त भए पनि नयाँ गभर्नर नियुक्त नहुँदा डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकाय कामु गभर्नरको रुपमा काम गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस