सुन आयात सीमा आधा घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २१, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाडौं । सुन, महँगा सवारीसाधन र मदीरालगायतको आयतमा प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ । अबदेखि दैनिक १० किलोभन्दा बढी सुन आयात गर्न नपाइने भएको छ । यसअघि सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ ले दैनिक २० किलो सुन आयात गर्न पाउने सुविधा दिएको थियो ।

हाल बजारमा सुनको माग उच्च दरले घटेको र भुक्तानी सन्तुलनमा समेत समस्या हुने अवस्था आएपछि सरकारले सुन आयातको कोटा घटाएको हो । तथापि, निर्यात प्रयोजनका लागि मूल्य अभिवृद्घि गर्ने उद्योगले सुन ल्याउन चाहेमा भने यो परिमाणले छेक्दैन । राष्ट्र बैंकले भुक्तानी सन्तुलनलाई व्यवस्थित गर्न भन्दै लामो समयदेखि सुनको आयातमा परिमाणात्मक बन्देज लगाउँदै आएको छ । यससँगै ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन आयातमा पनि प्रतिबन्ध लागेको छ । अब टोयोटा, मित्सुबिसीजस्ता महँगा ब्रान्डका गाडी आयात गर्न यो व्यवस्थाले रोक्नेछ । यससँगै नधुल्याइएको मरिच, सुपारी, केराउ, छोकडा र तयारी मदिराको आयातमा पनि हालका लागि पूर्ण प्रतिबन्ध लागेको छ ।

राष्ट्र बैंकले विदेशमा रहेका नेपाली विद्यार्थीलाई निर्वाह खर्च आवश्यक पर्ने भएमा शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ बिना नै पैसा पठाउन सकिने भएको छ । तर, यसका लागि विद्यार्थीका अभिभावक वा आफन्तले प्रतिविद्यार्थी ५ सय अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रा बैंकहरूले सटही सुविधा दिनेछन् । अन्नपूर्ण पोष्टबाट

ताजा अपडेट

खोजी गर्नुहोस