चैत्र २६, काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले हाल विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा रु। ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैंकले संघीय सरकारलाई रु १२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु ४ लाखका दरले रु २८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा रु १० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानीय तहहरुमा शाखाहरुसँग समन्वय गरी वितरण गरिने बैंकले जनाएको छ ।
यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोनाभाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफ बच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ ।