आज देशभरका सबै बैंकका शाखाहरु खुला रहने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । आइतवार नेपालका सबै बैंकका शाखा कार्यालयहरु सबै खुला रहने भएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको आज अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेको नेपाल बैंकर्स संघले जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना र त्यसबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण बैंकको काम सुचारु रहेपनि सबै शाखाहरु भने सञ्चालनमा थिएनन् ।

लकडाउनका बेला पनि बैंकले आलोपालो कुनै न कुनै शाखाबाट सेवा प्रदान गरिरहेका थिए । साथै आज भने सबै कार्यालय खुला रहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिएका छन् । आइतवार २०७६ सालको अन्तिम दिन समेत रहेको छ । सोमवारबाट अर्को साल शुरु हुने तथा आवको तेस्रो त्रैयसमाका सम्पूर्ण हिसाबकिता क्लोजिङ का कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस