एनसेल प्रालिले १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझायो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।

यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस