कोरोना कोषमा महालक्ष्मी लाइफको १३ लाख ३४ हजार, सीईओ भट्टराइले २ महिनाको तलब दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा महालक्ष्मी लाइफ इन्स्यारेन्सले १३ लाख ३४ हजार रुपैयाँ सहयोग गरेको छ । जस अन्तरगत इन्स्योरेन्सको तर्फबाट ७ लाख ५० हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत सीईओ रमेश कुमार भट्टराईको २ महिनाको तलब बराबर पाँच लाख ८४ हजार रूपैयाँ गरी कुल १३ लाख ३४ हजार रुपैयाँ रकम उक्त कोषमा जम्मा गरेको कम्पनीले जनाएको छ । सरकारको सो प्रयासमा सहयोग गर्ने उद्देश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार कम्पनीले राहत स्वरूप कोषमा उक्त रकम योगदान गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस