लकडाउन १ महिना लम्बियो भने ४ खर्ब रुपैयाँ भन्दा धेरै नोक्सान हुनसक्छ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाण्डौ । केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक तथ्यांक अनुसार लकडाउनका कारण १ खर्ब रुपैयाँ भन्दा धेरै नोक्सान भैसकेको छ । यो लकडाउन अझै १ महिना लम्बियो भने मात्रै पनि ३ देखि ४ खर्ब रुपैयाँ अरु नोक्सान हुने देखिन्छ । सबै व्यापार व्यवसायहरु सामान्य अवस्थामा फर्किन पनि १ देखि २ वर्षसम्म नै लाग्ने देखिन्छ । होटल, पर्यटन क्षेत्र, रिसोर्ट, रेष्टुरेन्ट अहिले सबै बन्द अवस्थामा छ । विदेशीहरुबाट आश्रित भएर चल्नुपर्ने नेपालका होटलहरु अब आउने भदौ असोजतिरको समयमा पनि तंग्रन सक्ने अवस्था छैनन् ।

किनभने नेपाल आउने ती विदेशी नागरिकको देश पनि कोरोनाको संक्रमणले थिलथिलो भएका छन् । सबै देशले अनपेक्षित रुपमा आर्थिक नोक्सानी बेहोरिरहनुपरेको छ । यस्तो अवस्थामा विश्वले नै ठूलो घाटा बेहोरिरहनुपरेको छ । कोरोनाको संक्रमण तत्काल रोकिइहाल्यो भने पनि नेपालमा अझै १ देखि २ वर्षसम्म आर्थिक गतिविधि प्रभावित हुने देखिन्छ । पर्यटकहरु वर्षभर जागिर गरेर केही समय छुट्याएर केही रकम जम्मा गरेर नेपाल घुम्न आउने हुन् । उनीहरु आफै आर्थिक हिसाबले कमजोर हुँदै गएकोले नेपालको पर्यटनसँगै कृषिदेखि अरु क्षेत्रको अवस्था डामाडोल हुने स्थिति छ ।

संक्रमण रोकिए पनि विदेशीहरु तत्काल नेपाल आउन सक्ने अवस्थामा छैनन् । यसले नेपालको अर्थतन्त्रलाई थप प्रभाव पार्ने त भैहाल्यो नै । अहिले वैदेशिक मुद्रा, रोजगारी, निर्यात, आयात, उद्योग, कृषि, पर्यटन हरेक क्षेत्रमा प्रभाव परिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस