यसबर्षको बजेट राष्ट्रियसभाबाट बहुमतले पारित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ४, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

प्रतिनिधिसभाबाट सन्देशसहित गएको विनियोजन विधेयक २०७७ (बजेट) राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए ।

पक्षमा बहुमत सदस्यले हात उठाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

त्यसअघि सांसदहरुले राखेको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक असार ५ गते अर्थात भोलि बिहान ११ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस