बैंकहरुले घटाएर नयाँ व्याजदर सार्वजनिक गरे, हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । वाणिज्य बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजानिक गर्न थालेका छन् । पछिल्लो समय नयाँ ब्याजदर सार्वजानिक गर्ने अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले पुरानो ब्याजदरको तुलनामा निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर सार्वजानिक गरेका छन् ।

सिटिन बैंकले असार ७ गतेदेखि साधारण बचतको ब्याजदर ४।५० प्रतिशत कायम गरेको छ भने बैंकले कर्जाको ब्याजदर आधार दरमा शुन्य दशमलव ५० प्रतिशतदेखि ८ प्रतिशत सम्म प्रिमियम थपेर प्रदान गर्ने जनाएको छ। जेठ अन्तिमसम्म बैंकको आधार दर ९।२५ प्रतिशत कायम छ । चैत मशान्तसम्ममा बैंकको आधार दर ९।८८ प्रतिशत कायम थियो ।

त्यसैगरी एनसीसी बैंकले पनि असारबाट लागु हुनेगरी साधारण बचतमा साढे ५ प्रतिशत र कर्जामा आधार दरदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी थप गरी ब्याजदर लिने जनाएको छ । चैत मसान्तसम्ममा बैंकको आधार दर १०।३६ प्रतिशत कायम छ । त्यसैगरी बैंक अफ काठमाण्डौले साधारण बचतमा ४ प्रतिशतदेखि साँढे पाँच प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने गरी नयाँ सूचना जारी गरेको थियो । बैंकले कर्जामा पनि आधार दरदेखि पाँच प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराउने जनाएको छ । बैशाख अन्तिम सम्ममा बैंकको आधार दर ९।१४ प्रतिशत रहेको छ। चैत मसान्तमा बैंकको आधार दर ९।३३ प्रतिशत थियो ।

नेपाल बैंकले साधारण बचतमा ३ प्रतिशतदेखि पाँच प्रतिशतसम्म ब्याज दिने र कर्जामा आधार दरमा ४।६६ प्रतिशतसम्म ब्याजदर लिने गरी ब्याजदर सावैजानिक गरेको थियो । यता सिभिल बैंकले साधारण बचतको ब्याजदर साढे पाँच प्रतिशत र कर्जाको ब्याजदर आधार दर देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर लिनेगरी नयाँ व्याजदर सार्वजानिक गरेको थियो ।

चैत मशान्तमा औषत ९।१५ प्रतिशत रहेको आधार दर बैशाख मशान्तसम्ममा ८।९६ प्रतिशत कायम भएको छ । यसले बैंकहरुको ब्याजदर घट्न थालेको देखाउछ । अघिल्लो वर्षको बैशाख मसान्तमा बैंकहरको औषत आधार दर ९।५९ प्रतिशत थियो। चैत मशान्तसम्ममा ९ वटा बैंकको आधार दर ९ प्रतिशतभन्दा कम थियो । पछिल्लो समय बैंकहरुको आधार दर क्रमश घट्दै गएको देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस