३ लाख ४० हजार बढीले भरे एनआईसी एसिया लघुवित्तको आईपिओ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ ।  एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा हालसम्म ४.२४ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज आइतबार बिहान ११ बजेसम्ममा करिब ३ लाख ४१ हजार ७ सय ७५ आवेदकबाट १ करोड ८८ लाख ४७ हजार कित्ताको लागि आवेदन परेको छ । यो माग  गरिए भन्दा  साढे ४.२४ गुणा बढी हो ।

कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार १० गतेदेखि  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  ।

यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस