सय किसान अभियान: एइसीको टोली पुर्वी जिल्लाको भ्रमणमा व्यस्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २८, मंगलबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २८,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीसहितको टोली सय किसान अभियान अन्तर्गत अवलोकन भ्रमणमा निस्किएको छ ।

सय किसान अभियानको क्रममा टोलीले रंगेली नगरपालिकाको खोरियास्थित खोरिया कृषि फार्म ,धरान कृषि बजार र चिस्यान केन्द्र ,धनकुटाको पाख्रीबास , भोजपुर उधोग बाणिज्य संघ ,कृषि उद्यम संघ भोजपुर ,आमचोक गाँउपालिका राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि फर्म बालंखामा पुगेर अवलोकन तथा छलफल गरेको छ ।

सय किसान अभियानलाई पुर्वका जिल्लाहरुबाट अघि बढाउने उदेश्यका साथ यो अवलोकन भ्रमण तय गरिएको सभापति सुमार्गीले अनलाईन केन्दलाई बताए । १०० किसान संस्थामा आवद्ध भएपछि किसानरउद्यमी –व्यक्ति वा संस्था हरुलाई केन्द्रले तिनिहरुको व्यवसायिक विविधिकरण गरी विस्तार गर्ने साथै बजार प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार व्यवसायिक क्रियाकलापहरु संचालन गर्न सहयोग गर्ने सुमार्गीले बताए ।

व्यवसायिक सिपज्ञान अभिबृद्धी, देशविदेशमा प्राविधिक ज्ञान हासिल गर्ने अवसर दिने,बस्तु विकासमा सहजिकरण गर्ने, व्यवसाय विश्लेषण र व्यवसायिक योजना विकास गर्ने, बजार सुचना प्रवाह गर्ने तथा बजार बिस्तारमा सहजिकरण गर्ने लगायतका सेवा प्रदान गर्ने सय किसान अभियानको मुख्य लक्ष्य रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस