एमसिसि परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एकीकृत समाजवादीको निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौँ । नेकपा (एकीकृत समाजावादी)को एमसिसि अनुगमन समितीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनालाई आफूहरुले संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार नै लागु गर्न निर्देशन दिएको छ ।

सोमवार विहान एमसिएको कार्यालयमा भएको एमसीसी परियोजनाबारेको छलफल कार्यक्रममा एकीकृत समाजावादीका उपाध्यक्ष तथा एमसिसि अनुगमन समितीका संयोजक राजेन्द्र प्रसाद पाण्डेले एमसिसि लागु गर्दा संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गरेकाले सोहि घोषणा अनुसार लागु गरी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । “संसदवाट पास भई एमसिसि परियोजना लागु भएको एक वर्ष कटिसक्यो, नेपालमा यो परियोजना लागु भै सकेपछी के के काम भयो ? हामीले यो परियोजना पास गर्दा जनताको हितमा काम अघी बढोस भनी १२ बुँदे व्याख्यात्मक घोषणा पनि गरेका छौं, त्यस अनुरुप काम भएको छ की छैन, अहिलेसम्म के के काम भयो, प्रगती के छ, जग्गा अधिग्रहण र मुआव्जा वितरण कसरी भैरहेको छ ?” पाण्डेले चासो व्यक्त गर्दै भने ।

छलफलका क्रममा पाण्डेले एमसिसि परियोजना अन्र्तगत एमसिए नेपालमार्फत सञ्चालन हुने कार्यक्रम,
हालसम्म भएको एमसिसि परियोजनाको कामको प्रगति, आगामी दिनमा परियोजनाले गर्ने काम, हाल परियोजना अन्र्तगत भएको जग्गा अधिग्रहण, मुआव्जा वितरण लगायबारे चासो व्यक्त गरेका थिए । पाण्डेले १२ बुँदे व्याख्यात्मक घोषणालाई ईमान्दार पूर्वक कार्यान्वयन गर्न पनि परियोजनालाई निर्देशन दिए ।

उता एमसिए नेपालका कार्यकारी निर्देशक खडग बहादुर विष्टले पनि आपूmहरुले पनि १२ बुँदे व्याख्यात्मक घोषणालाई आतसाथ गरी परियोजनाको काम अघी बढाएको बताएका छन् । “परियोजना लागू गर्दा नै माननिय ज्यू हरुले १२ बुँदे व्याख्यात्मक घोषणा गर्नुभएको छ, त्यसलाई आत्मसाथ गरी माननिय ज्यूहरुसंग परामर्श गरेर मात्र काम गररुरहेका छौं । कतै समस्या आउँदा पनि तपाईहरुसंग समन्वय गरेरै समाधान गर्न अघी बढेका छौं, हामी तपाँईहरुको सुझाव अनुसारै अघी बढ्छौं ।” निर्देशक विष्टले भने ।

त्यस्तै विष्टले अहिलेसम्म परियोजनाको जग्गा अधिग्रहणको काम भैरहेको र प्रसारण लाइन परियोजनामा लागत घटाउने प्रयास असफल भएपछि सम्पूर्ण ठेक्का रद्द गरेको पनि जानकारी दिए ।

छलफलमा एकीकृत समाजावादीका उपाध्यक्ष तथा एमसिसि अनुगमन समितीका संयोजक पाण्डे, अनुगमन समितीका सदस्य जगन्नाथ खतिवडा र एमसिए नेपालका कार्यकारी निर्देशक खडग बहादुर विष्टबीच छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस