मंसिर २४,काठमाडौँ । सेयर बजारमा पोजेटिभ सर्किट ब्रेकर लागेको छ । कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि सर्किट ब्रेकर लागेको हो ।
११ :५ बजेसम्म नेप्से ७४ अंक बढेर १९२६ अंकमा कायम भएको छ । योसँगै कारोबार २० मिनेटका लागि स्थगित भएको छ । पहिलो १ घण्टाभित्र ४ प्रतिशत बजार बढेमा वा घटेमा सर्किट ब्रेकर लाग्ने व्यवस्था छ ।