एकैदिन तोलामा २८ सयले बढ्यो सुनको मूल्य, प्रतितोला मुल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाण्डौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज एकैदिन तोलामा २८ सयले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २ सय ५० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ ।

यसअघि गत सोमबार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातार घटेको भाउ आज फेरि अकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदीको मूल्य आज एक हजार ४ सय रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस