पुस १,काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको अवधिमा लक्ष्यको ६६ प्रतिशत मात्रै भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागका अनुसार मंसिरसम्मको अवधिमा लक्ष्यको ६६ प्रतिशत मात्रै राजश्व संकलन भएको हो ।
बजेटमार्फत अर्थमन्त्रालयले मंसिर महिनासम्मको अवधिमा २ खर्ब ५१ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६६ प्रतिशत मात्रै राजश्व उठेको विभागले जनाएको छ ।
‘बजेटमार्फत साउन–मंसिरसम्ममा उठाउने लक्ष्यको लिएको ६६ प्रतिशत मात्रै भन्सार राजश्व उठेको छ,’ एक कर्मचारीले भने, ‘यस अवधिमा १ खर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ मात्रै उठ्यो’ पछिल्लो समय आयात निरन्तर घट्दा भन्सार राजश्व संकलनको लक्ष्य प्रभावित बनिरहेको छ ।
युवा जनशक्ति धमाधम विदेशिँदा नेपालमा खपत गर्ने जनसंख्या घट्दै गएको छ । फलस्वरुपः आयात नै घटेको हो । यस्तै, आर्थिक मन्दीको प्रभावस्वरुप समेत खपत घटिरहेको छ ।