जेसिबीको एक्सक्लुसिभ रिटेलर अब वर्दिवासमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ३, मंगलबार (१ साल अघि)
  • १०४ पटक पढिएको
Post Thumbnail

पुस ३,काठमाडौँ । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रा. लि. नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।

यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले आफ्नो एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स वर्दिवासमा सञ्चालनमा ल्याएको छ जसको उद्घाटन वर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका बिजनेस हेड रोशन कुमार श्रेष्ठ तथा कर्मचारीवर्ग, तथा वर्दिवासका स्थानीय ग्राहक मार्फत संयुक्त रुपमा गरियो ।

यसको शुरुवात सँगै अब वर्दिवासका ग्राहकहरुले मिथिला अर्थमुभर्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनुहुनेछ ।

“जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “jcb लाई jcb” मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,” कम्पनीका प्रतिनिधिले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस