नाडाको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ४, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन् नाडाका अध्यक्ष ध्रुव थापासहितको पूर्वअध्यक्षहरुले अध्यक्षमा सर्वसहमति खोज्ने प्रयास स्वरुप नाडाले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष सर्वसम्मत गरेको हो ।

नाडामा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसमेत रहने भएका छन । बरिष्ठ उपाध्यक्ष जीओ अटोमोबाइल्सका आकाश गोल्छालाई दिने सहमति भएको छ । यस्तो सहमतिपछि अब आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । २ वर्षे नयाँ कार्यसमिति चयनपछि चौधरीले अध्यक्षको जिम्मेवारी पाउने छन ।

गोल्छा भने अहिले वरिष्ठ उपाध्यक्ष बस्ने र अर्को कार्यकालमा अध्यक्ष हुने गरी सहमति भएको नाडा स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस