नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ४, बुधबार (१ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदनखुलाएकोमामागभन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्दगरिएको नबिलले जनाएको छ । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाखकित्ता ऋणपत्र निष्काशनगरिएकोमापहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्रीभएको नबिल बैंकले जनाएको छ ।

बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाखकित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो । सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सातवर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।

नबिल बैंकले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस