नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राख्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ५, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुस ५,काठमाडौँ । नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । आज एक सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ ।

आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । यसका लागि आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

आन्तरिक उडान प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्रिएका यी जहाजबाट निगमले घाटा ब्यहोरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस