निजी क्षेत्र उत्साहित नभएसम्म लगानीमैत्री वातावरण बन्न सक्दैन्: मन्त्री भण्डारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २६, शनिबार (१ साल अघि)
  • २१ पटक पढिएको
निजी क्षेत्र उत्साहित नभएसम्म लगानीमैत्री वातावरण बन्न सक्दैन्: मन्त्री भण्डारी

फागुन २६,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानुनमा रहेका समस्यालाई फास्ट ट्र्याक बाट सम्बोधन गर्नु आवश्यक रहेको बताएका छन् ।

काठमाण्डौमा नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अहिलेको कानुनमा रहेका त्रुटि तथा समस्यालाई ‘फास्ट ट्र्याक’ बाट सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको बताए ।

उनले निजी क्षेत्र उत्साहित नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने उल्लेख गरे । लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । उनले आर्थिक एजेन्डामा सबै राजनीतिक दलहरू एक नभए देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । ढकालले निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस