फेरि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १, बिहिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाडौँ । आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो । यो प्रतितोला ५० रुपैयाँको वृद्धि हो ।

ताजा अपडेट

खोजी गर्नुहोस