मुलुकमा आर्थिक मन्दीमा गयो: पूर्वअर्थमन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १, बिहिबार (१ साल अघि)
  • ३४ पटक पढिएको
मुलुकमा आर्थिक मन्दीमा गयो: पूर्वअर्थमन्त्री पौडेल

चैत्र १,काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् । लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु भनेको आर्थिक मन्दीमा जानु भएपनि तत्कालीन अर्थमन्त्री डा।प्रकाशशरण महतले सो स्वीकार गर्न नसकेको बताए ।

बिहीबारदेखि जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्धवार्षिक समीक्षाबाट खर्चको लक्ष्य घटाउनुपर्ने बाध्यतालाई समेत तत्कालीन अर्थमन्त्री डा।महतले बुझ्न नसकेको बताए ।

किसानले ६ अर्बको भुक्तानी पाउन नसकेको, निर्माण व्यवसायीहरूको अर्बौको भुक्तानी रोकिएको तर ऋण खोजेर नियमित खर्च चलाउनु परिरहेको अवस्थालाई समेत पूर्वअर्थमन्त्री डा।महतले नजरअन्दाज गरेको उनले आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस