सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु। एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु। एक लाख २५ हजार आठ सय थियो ।

यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो । चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार पनि बिहीबारको झैँ चाँदी प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस