पाँच सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौँ । कारोबार हुने साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्दा चाँदीमा तोलाको १० रुपैयाँ कमी आएको हो ।

सोमबार छापावाल सुन तोलाको १ लाख २४ हजार पाँच सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख २३ हजार नौ सय रुपैयाँ छ ।
यस्तै चाँदीको मूल्य तोलाको १ हजार ५२० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस