नेप्से सामान्य अंकले बढ्यो, मानुसी लघुवित्तको शेयर ५.१५ प्रतिशतले घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा पुगेको छ । सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ वटा उपसमूहमध्ये नौ वटाको समूहगत सूचक बढेको छ । चार वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज गोर्खाज फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, पिपुल्स पावर कम्पनी र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वधिक ५.१५ प्रतिशतले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस