सुनचाँदी

सुन ६०० रुपैयाँ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १६, बुधबार (११ महिना अघि)
  • ९९ पटक पढिएको
सुन ६०० रुपैयाँ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ १५, काठमाडौँ । बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ९२० रुपैयाँ थियो ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस