ग्लोबल आईएमईको नाफा ६ अर्ब, खुद फी तथा कमिसन २९.९० प्रतिशतले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (९ महिना अघि)
  • ९० पटक पढिएको
ग्लोबल आईएमईको नाफा ६ अर्ब, खुद फी तथा कमिसन २९.९० प्रतिशतले बढ्यो

साउन २१, काठमाण्डौँ ।  ग्लोबल आईएमई बैंक लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आव २०८०/८१ मा सामान्य घटेको छ ।

गत आवको चौथौ त्रैमास अर्थात् असार मसान्तसम्म बैंकले ६ अर्ब १ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ६ अर्ब ६९ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकले १६ अर्ब ६३ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले १७ अर्ब १० करोड रुपियाँ ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकले यस अवधिमा २ अर्ब ६७ करोड रुपियाँ खुद फी तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा यो २९.९० प्रतिशतले बढेको छ । अघिल्लो आवमा बैंकले २ अर्ब ६ करोड रुपियाँ आम्दानी गरेको थियो ।

त्यस्तै, गत आवको असार मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेर २० अर्ब ४४ करोड रुपियाँ छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घट्दा ८ अर्ब७४ करोड रुपियाँमा सीमित हुन पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २.६ पैसा घटेर १६.६५ रुपियाँ, प्रतिशेयर नेटवर्थ १६९.८१ रुपियाँ, मूल्य आम्दानी अनुपात ११.६६ गुणा र बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपियाँ रहेको छ ।

३६ अर्ब १२ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस