आरएमसी ग्रुपका संस्थापक अध्यक्ष श्रवणकुमार अग्रवालको निधन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २२, मंगलबार (९ महिना अघि)
  • २०९ पटक पढिएको
आरएमसी ग्रुपका संस्थापक अध्यक्ष श्रवणकुमार अग्रवालको निधन

साउन २२,काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका बुवा श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा साउन २१ गते सोमबार निजी निवास सानेपामा निधन भएको परिसंघले जनाएको छ ।

औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय भएका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य भएका थिए । गौशालालगायत अन्य पिठ, मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएका थिए । अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु छन् ।

स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई आज मंगलबार बिहान ११स्३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस