‘नेवानिबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफलसम्म भएको छैन’: मन्त्रालय

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०८० पौष १, आईतबार (१ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

पुस १,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि) ले गरिरहेको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ ।

आइतबार नेपाल एयरलाइन्समा क्रियासिल ट्रेड युनियनलाई पत्र पठाउँदै यस विषयमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । साथै सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने समेत जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारीहरु आन्दोलित छन् । आज आन्दोलनको १२ औं दिन पुगेको छ । निगमको मुख्य आम्दानीको स्रोत नै त्रिभुवन विमानस्थलको भूमिस्थ सेवा हो ।

ताजा अपडेट

खोजी गर्नुहोस