कोरोनाभाइरस प्रकोपः अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाडौं । नोभल कोरोनाभाइरसको संक्रमण बढेपछि अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । शुक्रवार ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् । यस्तो घोषणापछि कोरोना संकटसँग जुध्न राज्य र स्थानीय सरकारहरुले थप संघीय बजेट पाउनेछन् । देशमा आपत वा संकट आइपर्दा संकटकाल घोषणा गर्ने कार्यकारी अधिकार अमेरिकी राष्ट्रपतिसँग हुन्छ ।

राष्ट्रिय संकटसँग जुध्न अमेरिकामा राष्ट्रिय संकटकालसम्बन्धी ऐन छ । यसले सामान्य राजनीतिक प्रकृया छलेर बजेट विनियोजन गर्न पाउने विशेष अधिकार दिन्छ ।
अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएपछि यससँग जुध्न संकटकाल घोषणा गरिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार, अमेरिकामा १ हजार २६४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ३६ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस