बेलायतमा कोरोना संक्रमणको दर बढ्यो : २४ घण्टामै दोब्बरको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट बेलायतमा गएको २४ घण्टामा थप १० जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाको कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्य लगायत सबै क्षेत्रसँग आग्रह गर्नुभएको छ । यसैबीच अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस