चैत्र १८, काठमाण्डौ । इटालीमा कोरोना भाइरस कोभिड–१९ बाट ६३ जना चिकित्सकको ज्यान गएको छ । इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डक्टर लम्बार्डी क्षेत्रमा काम गर्थे । यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्र अहलेसम्म कोरोना भाइरसको कारण ४१ जना डक्टरको ज्यान गइसकेको छ ।
सीएनएनका अनुसार सोमबारसम्ममा इटालीका आठ हजार नौ सय ५६ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको इटालियन नेशनल इन्ष्टिच्युट अफ हेल्थले बताएको छ ।