(अपडेट) कोरोना भाइरस : २४ घण्टामा थप ३७ सय १५ को मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ । विश्वका १९९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ३ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ३५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ५ लाख ८१ हजार ५ सय ६६ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये २९ हजार ५ सय ९७ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ । २४ घण्टामा थप १९ हजार ९ सय ८८ लाई संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । जहाँ ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस