भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड, एकैदिन ६२ हजार ६३१ संक्रमित !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र १५, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १५, काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख २१ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८७ हजार ८४० छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३११ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस