भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाण्डौ । भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो । यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९३३ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस