भारतमा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि, ४६९ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र २०, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । बुधवार ७२ हजार जनामा संक्रमण देखिएको थियो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ३ हजार १३१ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ । आज थप ४६९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म भारतमा १ लाख ६३ हजार ३९६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५० हजार ३५६ जना संक्रमित संक्रमण मुक्त भए । संक्रमण बढ्दै जाँदा केन्द्र र राज्य सरकारहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । केही स्थानमा लकडाउन लागू गरिएको छ । भारतमा बिहीबारबाट ४५ वर्षभन्दा माथि उमेर समूहलाई भ्याक्सिन दिन सुरु गरिएको छ । भ्याक्सिन दिने क्रम बढेपनि संक्रमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस