बेलायतमा बितेको २४ घन्टामा थप ३ हजार चार सय दुईजना नयाँ संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र २१, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाण्डौ । बेलायतमा बितेको २४ घन्टामा थप ३ हजार चार सय दुईजना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ५३ हजार ६६८ पुगेको छ । विगतका दिनहरुमा चार हजारभन्दा माथि रहँदै आएको संक्रमित संख्या शुक्रबार चार हजार भन्दा तल झरेको हो ।

यद्यपि बेलायतमा कोरोना संक्रमण मापक दर भने गत हप्ताको तुलनामा बढेको सरकारी तथ्यांकले देखाएको छ । शुक्रबारको तथ्याँक अनुसार संक्रमण मापन दर आर नम्बर ०.८ देखि १ को बीचमा पुगेको छ, जबकी यो संख्या गत हप्ता ०.७ देखि ०.९ को बीचमा रहेको थियो । बेलायतमा सक्रिय संक्रमितको संख्या तीन लाख ५३ हजार ३६५ रहेको छ भने ३८ लाख ७३ हजार ४८७ संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्याँकमा उल्लेख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस