दोस्रो अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

Post Thumbnail

पुस,काठमाडौँ । सिर्जनशिल शिक्षा उद्यमी मञ्चको आयोजनामा राजधानीमा दोस्रो अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा इलेन मेमोरियल स्कूल, सितापाइला प्रथम भएको छ । त्यसैगरी बुद्ध ज्योति स्कूल दोस्रो, रेडियन्ट स्कूल तेस्रो जन ज्योति र फ्यूचर स्टार स्कूल सान्त्वना स्थान ओगट्न सफल भएका छन्। प्रथम हुनेले नगद २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने क्रमश दोस्रो तेस्रो र सान्त्वना हुनेले १५,१० र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् ।

प्रतियोगितामा १६ वटा बिद्यालय सहभागी रहेका थिए । प्रतियोगिता कार्यक्रमको स्वागत मन्तव्य जविल्याण्ट कलेजका प्रधानाध्यापकसमेत रहेका संस्थाका उपाध्यक्ष ऋषि न्यौपानेले गरेका थिए । उनले मन्तव्यको क्रममा “लोक नृत्यले दुःख भुल्न पनि सघाउँछ, शुख साट्न पनि सघाउँछ । सिक्नको लागि सहभागिता, सहकार्य र प्रतिस्पर्धा चाहिन्छ ” भने । कार्यक्रमको प्रमुख अतिथि प्याब्सन केन्द्रका उपाध्यक्ष इश्वर गुरुङ रहेका थिए । त्यसैगरी कार्यक्रमको सभापति गोपाल आचार्य रहेका थिए । कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष प्रेम राई सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालक सुर्य बहादुर के.सी रहेका थिए

ताजा अपडेट

खोजी गर्नुहोस