निर्मल पुरी भोगी
साउन १६,काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालीका तीज नजिकिए सँगै बजारमा बिभिन्न किसिमका तिजगीतहरु आउने क्रम जारी छन् ।
यसै बिचमा अर्घाखाँचीमा जन्मिएर लोकगायन तथा नृत्य क्षेत्रलाई निरन्तरता दिंदै छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुको साथै आफ्ना धमाकेदार प्रस्तुती लिएर कोरिया,जापान लगायत विभिन्न देशको भ्रमण गरिसकेकी लोकप्रिय गायिका सलिना नेपालीले दर्शकहरुको लागी तीज कोशेली यसपालिको तिजमा “धनगढी थर्काउनेू नामक एल्वम बजारमा ल्याएकी छिन ।
उक्त गितमा स्वर सलिना नेपाली र डि. बी निरंकारी ले साथ दिएका छन । गीतको प्रत्येक लाइनले नेपालको क्रमश लोकप्रिय शहरहरु थर्काऊने भनीएको छ्र
गीतमा लय डि. बी. निरंकारीको नै रहेको छ , शब्द गोपाल बि. सि.को रहेको छ भने एरेन्जर कृष्ण बिकले गरेका छन् । तिर्सना म्युजिक प्रा।ली।मार्फत बजारमा आएको उक्त गितमा अति सुन्दर नृत्य रामजी खांड र स्वयं सलिना नेपालीको रहेको छ ।
गित अति नै मिठो बनेको हुँदा दर्शकहरुले पनि त्यत्तिकै माया गरिदिनुहुनेछ भन्ने कुरामा आफु विश्वस्त भएको गायिका नेपालीले बताउनु भएको छ।