मनिषको स्वरमा ‘फिक्का लाग्छ’ सार्वजानिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड फिक्का लाग्छ सार्वजनिक भएको छ । अमेरिका निवासी जीवनको पहिलो कोसिस फिक्का लाग्छमा जीवन लाई चर्चित मोडल छिरिङ शेर्पाले साथ् दिएकी छिन ।
पोखरा र मुस्ताङका रमणीय स्थानहरुमा करिब ४ दिन लगाएर छायांकन गरिएको यस गीतमा शब्द ,संगीत मनिष श्रेष्ठको रहेको छ । मेलिना राई र मनिष श्रेष्ठको आवाज रहेको यस गीतको भिडियो लाई चक्र बराल बाशु ले छायांकन र शिलन लम्सालले सम्पादन गरेका हुन । गीतलाई परिकल्पना तथा स्क्रिप्ट कन्सेप्ट भने बिशेष पन्तले गरेका हुन् ।

भिडियोको परिकल्पना गरेका बिशेषले गीत उत्कृष्ट बनेकोमा खुसि ब्यक्त गरे । गीतलाई मनिष श्रेष्ठले कोरियोग्राफी गरेका हुन । करिब ३ दर्जन गीतहरुमा आफ्नो अवाज भरिसकेका गायक मनिष श्रेष्ट भर्षटाईल सिङ्गरको रुपमा चर्चित छन । यस गीतबाट गायक श्रेष्ठले सांगितक आकाशमा नयाँ फड्को मार्नेमा उनि ढुक्क रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस