कृष्ण लामिछानेको “ मलाई छोडेसी”मा अभिनव ,निशा र सुरज

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १५, ललितपुर । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक तथा मोडल अभिनव चौहानको “ मलाई छोडेसी ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ मलाई छोडेसी ” बोलको गितमा गायक कृष्ण लामिछाने को एकल स्वर रहेको छ ।

यो गीतमा शब्द अभिनव चौहान को हो भने संगीत गायक कृष्ण लामिछाने ले संकलन गरेका छन् । सो यस गितलाई ऐरेन्ज,मिक्सिङ गायक कृष्ण लामिछाने ले नै गरेका छन् । “ मलाई छोडेसी ” बोलको गीतमा क्यामेरा,एडिट र कलर सन्तोष चौहान ले गरेका छन् । यो लोक दोहोरी भाकालाई मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गायक तथा मोडल अभिनव चौहान ले निर्देशन गरेको भिडियोमा अभिनव चौहान ,निशा खड्का र सुरज ढकाल को उत्कृष्ट अभिनय देख्न सकिन्छ। सो गीतको भिडियोलाई नेपाली मनोरन्जन मिडिया अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । “ मलाई छोडेसी ”बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको गायक तथा मोडल चौहान ले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस