ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

Post Thumbnail

चैत १४, झापा । झापाको दमकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ ।

दमक–४ स्थित चिया बगान नजीकै पूर्व पश्चिम राजमार्गमा ना६ख २८९३ नंको मालवाहक ट्रकले ठक्कर दिँदा भारत घर भई हाल दमकमा ज्याला मजदुरी काम गर्दै आएका एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको नाम, थर र वतन भने नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस