तीनकुने घटनामा १०८ जना प्रतिवादी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ९, शुक्रबार (७ घण्टा अघि)
  • ६२ पटक पढिएको
तीनकुने घटनामा १०८ जना प्रतिवादी

जेठ ९, काठमाडौं । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अनुसन्धान सकेर शुक्रबार प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

उक्त प्रतिवेदनमा प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसमेत पेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको हो । आजै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावले आइतवार दर्ता हुने सरकारी वकिलको कार्यालय काठमाडौँले जनाएको छ ।

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।

उक्त प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्तिहरू आरोपी छन् ।

चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित दुई जनाको मृत्यु हुनुका साथै सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी तथा लुटपाटसमेत भएको थिया ।

 

ताजा अपडेट

खोजी गर्नुहोस