बागमती प्रदेश

बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाइने

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ६२ पटक पढिएको
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाइने

जेठ ११, काठमाण्डौँ । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस, २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिनसम्म भव्य रूपमा मनाउने निर्णय गरेको छ । जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा, सभामुख, मन्त्रीहरु, उपसभामुख, विपक्षी दलका नेता, विषयगत समितिका सभापति, संवैधानिक निकायका प्रमुख, कर्मचारी र सुरक्षा निकायका प्रमुख सम्मिलित ४२ सदस्यीय मूल समारोह समिति गठन गरिएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

#बागमती प्रदेश

ताजा अपडेट

खोजी गर्नुहोस