जेठ ९, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्चको आदेश सदर गरेको छ । उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामै राख्ने आदेश सर्वोच्चले सदर गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत बुटवल इजलासले गरेको थुनामा पठाउन दिएको आदेश सदर गरेको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।
सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर उच्च अदालतको बुटवल इजलासले रविलाई थुनामा पठाउन आदेश दिएको थियो ।
त्यसविरुद्ध उनकी पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
यस्तो छ पूर्णपाठ