साउन ६,काठमाडौँ । नेकपाको भातृ संगठनका अध्यक्षहरुको मर्यादाक्रम राष्ट्रिय परिषद् सदस्य सरह हुने र अन्य पदाधिकारीको मर्यादा प्रदेश सदस्य सरह हुनेछ । केन्द्रीय सदस्यहरु जिल्ला कमिटी सदस्य सरह हुने तथा केन्द्रीय विभागका सदस्यहरु प्रदेश कमिटी सदस्यको हैसियतमा रहेनछन् ।
अनुशासन आयोग, निर्वाचन अयोग र केन्द्रीय लेखा परीक्षक आयोगका अध्यक्ष स्थायी कमिटी सदस्य सरह हुनेछन् । ती आयोगका सचिव पोलिटब्यूरो सदस्य सरह हुनेछन् भने आयोगका सदस्यहरु केन्द्रीय सदस्य सरह हुनेछन् । आयोगहरु ३१ सदस्यीय हुनेछन् ।
२२१ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्को मर्यादाक्रम पनि अन्य आयोगको सरह हुनेछ । आवश्यकता अनुसार जेष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने व्यवस्था विधानमा गरिएको छ ।
धिान र नियमावली पारित भएसँगै नेकपाको सांगठानिक संरचनाहरु यसअघि तत्कालीन एमालेले गरेको अभ्यास अनुसार खडा हुनेछन् । तत्कालीन माओवादीमा सांगठानिक संरचनाहरु संस्थागत नभएकाले एमालेको मोडलमा लगिएको हो ।
एक नेताका अनुसार तत्कालीन माओवादीमा संगठन संरचना स्थिर नभएको र नियमावलीविनै चलेकाले पार्टी सञ्चालनको मोडलमा पूर्व एमालेको अभ्यास अनुसरण गरिएको हो ।