मन्त्री पण्डितले भने–’ढुक्क भएर कार्यक्षेत्रमा जानुस् ,स्रोत र आवश्यकताअनुसार सुविधा थप्छौँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • ६७ पटक पढिएको
Post Thumbnail

फागुन २४,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिएका छन ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विहीबार प्रतिष्ठानमा आयोजना गरेको ३३ औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उनले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पारे ।

सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताए । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ट्रेड युनियनको नाममा काम नगर्ने प्रवृत्तिको अन्त्य भएको मन्त्री पण्डितले बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले नवनियुक्त कर्मचारीमा ‘म गर्न सक्छु’ भन्ने सकारात्मक सोच हुनुपर्नेमा जोड दिए । प्रशासनमा कुरा गर्नेभन्दा काम गर्ने व्यक्ति आवश्यक भएको उनले बताए । “म सिङ्गो संस्था बदल्न सक्छु र मैले नसके कसले सक्छ भन्ने विश्वासका साथ नयाँ कर्मचारी कार्यक्षेत्रमा जानुपर्छ”, उनले भने।

सार्वजनिक सेवा प्रशासन विभागका वरिष्ठ निर्देशक नारायणगोपाल मलेगोले प्रशासनमा रहेको ढिलासुस्ती बदल्ने जिम्मेवारी नवनियुक्त कर्मचारीको काँधमा रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस