सिके राउतले भने–’हामी बुद्धको सन्तान हौँ, हिंसा सुहाउदैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच १० बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । राजनितिक सहमती घोषण कार्यक्रममा सम्बोधन गर्दै सिके राउतले भने–’यो आन्दोलन विभिन्न प्रधानमन्त्रीहरुको कार्यकालबाट गुज्रियो । उहाँहरुले पनि आन्दोलनलाई सकारात्मक रुपमा नै लिनुभयो । आन्दोलन कुनैपनि बेला विष्फोट हुने अवस्थामा थियो । सबै प्रधानमन्त्रीहरु हाम्रो आन्दोलनमा सकारात्मक भएकोमा धन्यवादको पात्र हुनुहुन्छ ।’ बर्तमान प्रधानमन्त्री केपी ओलीलाई उनले आफैले अग्रसर भएर आफ्नो गठबन्धनलाई मुलधारमा ल्याउन पहल गरेकोमा विशेष धन्यवाद दिए ।

उनले कार्यक्रममा सम्बोधन गर्दै भने–’हामी बुद्धको सन्तान हौँ । समुदाय–समुदायविच लडाउनेलाई स्थान नदिऔँ ।’ उनले कसैको विरुद्ध आफुले आन्दोलन गरेको होईन भने । अब जनताले जे चाहिन्छ जनताको चाहना अनुसार हुने बताए । उनले सबैको जित भएको बताउदै मधेसका जनतालाई धन्यवाद दिए । अव हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होईन भने । सबै शक्ति जनताको हातमा छ । अब सम्बृद्धीको ईतिहास रच्ने बेला भएको छ । उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस