कास्की–२ को उपनिर्वाचनमा विद्यालाई उठाइने प्रचण्डको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २७, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन २७, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट विद्या भट्टराईलाई उठाइने बताएका छन् ।

सोमबार पोखरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई भेटेपछि पत्रकारहरुसँग दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने बताएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर–२ मा उपनिर्वाचन गराउनुपर्ने भएको छ ।

उक्त क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउँछ भन्ने जिज्ञासा भइरहेका बेला दाहालको उक्त भनाइ आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस